निर्वाचन आचारसंहिता २०८२ स्वीकृत

Nagarik Sewa 4507+ समाचार ( )
१३ पौष २०८२, आइतबार

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। 

उहाँका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ। फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ। यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो। आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो। यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ।

आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्नु पर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार