काठमाडौं। पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ। बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । यो छुट योजनाअन्तर्गत पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् ।
साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ । ग्राहकहरुले दराजबाट न्यूनतम् १ हजार ८ सय रुपैयाँको खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, १ हजार ८ सय रुपैयाँसम्ममात्र छुट पाउनेछन् ।
बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुटेको अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।