कुलिङ पिरियडको व्यवस्था हेरफेर नियतवश गरिएको हो कि त्रुटि हो पत्ता लगाउँछौंः देवराज घिमिरे

Nagarik Sewa 4387+ समाचार ( )
१७ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। सभामुख देवराज घिमिरेले निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हेरफेर नियतवश गरिएको हो कि त्रुटि हो भन्ने कुरा पत्ता लगाइने बताउनुभएको छ। कुलिङ पिरियडका सन्दर्भमा गम्भीर कुरा आएपछि आफूले के भएको हो खोज्न सचिवालयलाई भनिसकेको पनि सभामुख घिमिरेले बताउनुभयो। सभामुख घिमिरेले निजामती सेवा विधेयकका त्रुटिलाई राष्ट्रिय सभाबाट र त्यसपछि प्रतिनिधि सभाबाट सच्याउन सकिने पनि बताउनुभयो।

कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहमतिले पारित भए पनि प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गर्दा केही व्यवस्था हेरफेर गरिएको पाइएको थियो। त्यसपछि सांसदहरूले विरोध गरिरहेका छन्।

‘यसका बारेमा गम्भीर कुरा आयो भनेर मैले सचिवालयलाई भनिसकेको छु, रेकर्डहरू खोज्नेलगायत काम गर्नु भनेर। किनभने गल्ती गर्न दिनु हुँदैन। नियतवश गलत कुराहरू लुकिछिपी, नियत नै राखेर यो कुरा गर्छु भनेर आउने विषय पनि भयो, राजनीति विषय र कानुन बनाउने कुराहरू हो, झुक्याउने कुरा हुनु हुँदैन,’ सभामुख घिमिरेले पत्रकारहरूसँग मंगलबार दिउँसो भन्नुभयो, ‘प्रतिवेदन एक खालको, यहाँ पारित गर्दा अर्को भयो भने त गम्भीर हुन्छ भन्ने मलाई लागेको थियो तर त्यस्तो भएको रहेनछ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै