सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

Nagarik Sewa 4387+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले कामभन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छन् । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री न्यौपानेले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताइन् । उनका अनुसार, अहिले पनि सरकारी कर्मचारी काम गरेर बस्दैनन् । कर्मचारीहरू हाजिर लगाएर लोकसेवाको तयारीमा जुट्दा सरकारले चाहेजसरी नतिजा दिन नसकेको उनको भनाइ छ ।

'म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ । धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो अरू थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ । सबै तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्ने भन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने यतातिर ध्यान दिने स्थिति भयो । त्यो हुँदो नै रहेछ । त्यसैले धेरै पदमा खुला प्रतिष्पर्धाबाट गर्नहुन्न,' उनले भनिन् ।

प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवासम्बन्धी विधेयकमा लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने व्यवस्था छ । राष्ट्रियसभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवासम्बन्धी व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार