मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २८ करोड बराबरको क्षति

Nagarik Sewa 4881+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

काठमाडौं। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले  चैत १५ गते गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ। भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिब २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ। 

कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन्। आगजनी र तोडफोडका कारण केहिदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरूबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरे। आगजनीका कारण सबै जलेर खरानी भएको भन्दै सरकार लगायत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ। 

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा विस्तारमा समेत केन्द्रित रहेको थियो। आगजनी र तोडफोडका कारण शाखा बिस्तारको काम केहि समयलाई रोकिने महाप्रवन्धक यादवले बताए। त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारी समेत गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै