काठमाडौं। अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका ३ नेपालीले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन्। उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाले ज्यान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ।
दुर्घटनामा दम्पतीकी आमा गम्भीर घाइते भएकी छन् र उनलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको छ। चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको छ।