काठमाडौं। प्रतिनिधिसभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले रोस्ट्रम अघि उभिएर अवरोध गरेका थिए। अवरोध लगत्तै दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।
आजैको बैठकमा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।