मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

१३‍.०३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार  १३‍.०३ अंकले घटेर २६६७ मा झरेको छ। अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ७२ करोडको भयो।

५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो। दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे। लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे।

बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे। जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे।

थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो। ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो। 

माहुली लघुवित्तको ६.३, नारायणी डेभलपमेन्ट बैंकको ५.८, नेपाल फाइनान्सको ५.३४ र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, बेस्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार