धारिलो हतियार प्रहार गरी आमाको हत्या

Nagarik Sewa 4507+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो। दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । फरार अभियुक्तको खोजी जारी छ। जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले राससलाई जानकारी दिए। रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै