ट्रम्पको आदेशमा अमेरिकाले रोक्यो युक्रेनलाई गर्दै आएको सैन्य सहायता

Nagarik Sewa 4414+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा युक्रेनलाई गर्दै आएको सैन्य सहायता रोक्का गरेको छ। युक्रेनलाई दिइँदै आएको सबै सैन्य सहायता रोक्का गरिएको अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएको छ। 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो। दुई नेताहरूबीच ह्वाइट हाउसस्थित ओभल अफिसमा भनाभन भएको थियो।

अमेरिकाले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण हतियार प्रदान गर्दै आएको थियो। अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार