त्रिपुरेश्वरमा होण्डाको अत्याधुनिक ‘थ्रीएस’ सोरुम सञ्चालनमा

Nagarik Sewa 4414+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौं । होण्डा नेपालले त्रिपुरेश्वरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले शुक्रवार (वैशाख ११)देखि त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) सोरुम  ल्याएको हो । विशेष कार्यक्रम आयोजना गर्दै कम्पनीले सोरुम उद्घाटन गरेको छ । उद्घाटन समारोहमा होण्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहाराले गरेका हुन् ।

उक्त कार्यक्रममा होण्डा मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ अन्तर्गतकै प्रतिनिधि पीआइसी कोजिरो कामिया पनि उपस्थित थिए । ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेन्युइन स्पेयर पार्टस् सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले नयाँ सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

नयाँ सोरुमले राजधानीका ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । आधुनिक सुविधा सम्पन्न उक्त सोरुममा होण्डाका मोटरसाइकल तथा स्कुटरको प्रदर्शन, टेस्ट राइड, सर्भिसिङ तथा बिक्रीपछिको सेवा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ‘थ्री एस’ अवधारणाले ग्राहक अनुभवलाई थप सशक्त बनाउने कम्पनीको दाबी छ । एउटै स्थानबाट सम्पूर्ण सेवा पाउने व्यवस्थाले ग्राहकको समय बचत हुनुका साथै आफ्टर सेल्स सपोर्ट पनि अझ प्रभावकारी हुने विश्वास गरिएको छ । होण्डा निकै चर्चित जापानीज मोटरसाइकल तथा स्कुटर ब्राण्ड हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार