तोलामा १९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4507+ समाचार ( )
११ जेठ २०८३, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। सोमबार सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ९२ हजार ८ मा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सयमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले बढेर ५१५० मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै