मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

सानदार मःम पसलमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते

Nagarik Sewa 4382+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

काठमाडौं। कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । सिलिन्डर विस्फोटमापरि घाइते भएका ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ।

हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ । विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।

सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् । स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । उद्धारमा प्रहरीवृत्त मालीगाउँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्‍याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार