मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु

Nagarik Sewa 4868+ समाचार ( )
२० असार २०८२, शुक्रबार

मकवानपुर l मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु भएको छ। गएराति भएको मोटरसाइकल दुर्घटनामा  राक्सिराङ गाउँपालिकाको कालीका  माध्यममिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो।

शुक्रबार राति ११:२० बजे हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित पूर्व-पश्चिम सडकखण्डमा ना ४३ प ४५१८ नम्बरको मोटरसाइकलमा बुद्धचोकबाट थानाभञ्ज्याङतर्फ जाँदै थिए। त्यसक्रममा दुर्घटना भएको भन्ने सूचनापछि ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार ४५ वर्षीय झा दुर्घटनापश्चात गम्भीर घाइते भएको अवस्थामा भेटिएका थिए। 

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा गएराति नै ११:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी अर्यालले बताए। झा धनुषाका हुन्। विद्यालयको प्रधानाध्यापकको निधन भएपछि राक्सिराङ गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूमा शुक्रबार शोक बिदा दिएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार