काठमाडौं। रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा पर्खाल भत्किएर भएको दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै अन्य २ जना घाइते भएका छन् । सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र देवीराम परियार रहेका छन् ।