मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

लागुऔषध विरुद्ध डिआईजी ढकालको कडा अभियान : सप्तरीदेखि रौतहटसम्मको अपरेसनमा सफलता

Nagarik Sewa 4866+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं । मधेस प्रदेशमा पछिल्लो समय लागुऔषध तथा अवैध तस्करी नियन्त्रणलाई लिएर सशस्त्र प्रहरी बल निकै सक्रिय देखिएको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले दिन प्रतिदिन ठूला परिणाम ल्याउँदै गएको छ।

साउन २३ गते डाक्नेश्वरी नगरपालिका–५ स्थित महादेव गाउँमा असामान्य गतिविधि भइरहेको भन्ने विशेष सूचनाले प्रहरी सतर्क बन्यो। पातोस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपाल प्रहरीसँगको संयुक्त अपरेसन सञ्चालन गर्‍यो।

छड्के तलासीमा विभिन्न प्लास्टिकका बोरामा प्याक गरिएको करिब ३ सय ९७ केजी गाँजा बरामद भयो। प्रारम्भिक अनुसन्धानअनुसार बरामद गाँजा सीमा पार लैजाने तयारी हुँदै थियो। बरामद गरिएको सबै गाँजा अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। डिआईजी ढकालले अभियानलाई अझ तीव्र बनाउँदै लागुऔषध कारोबारमा संलग्न आपराधिक समूहहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा संयन्त्र सक्रिय गरिएको बताए।

उनले भने,'मधेस प्रदेशलाई लागुऔषध र तस्करीमुक्त बनाउने हाम्रो अभियान निरन्तर चलिरहनेछ। यस प्रकारका अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ।'

रौतहटमा चिनी, मल, सर्फदेखि सिमेन्टसम्म बरामद

यस्तै, रौतहटमा पनि विशेष सूचनाका आधारमा गरिएको अर्को अपरेसनमा ठूलो परिमाणमा सामान बरामद भएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा गरुडा नगरपालिका–५ स्थित पेट्रोल पम्प नजिकैको एक घरमा सशस्त्र प्रहरीले छापा मार्दा १०६ बोरा चिनी, १० बोरा लुगाधुने सर्फ, १० बोरा रासायनिक मल र ९ बोरा सिमेन्ट फेला परेको छ।

बरामद गरिएका सबै सामग्री भारततर्फबाट ल्याइएको अनुमान गरिएको छ। हाल यसबारे अनुसन्धान भइरहेको र भन्सार कार्यालयमा बुझाएपछि थप जानकारी सार्वजनिक गरिने प्रहरी प्रशासनले जनाएको छ।

लगातारका अपरेसन र बढ्दो विश्वास

यसअघि पनि सशस्त्र प्रहरी बल मधेस प्रदेशको सक्रियतामा बारा, पर्सा, रौतहट, सिरहा र सर्लाहीमा ठूलो परिमाणमा गाँजा, लागूऔषध र अन्य तस्करीका सामान बरामद भइसकेका छन्। विशेषगरी सीमा नजिकका गाउँ–सहरमा हुने अवैध ओसारपसार रोक्न डिआईजी ढकालले कडा निगरानी सुरु गरेका छन्। यसले न केवल सुराकी संयन्त्रलाई सक्रिय बनाएको छ, तर स्थानीय बासिन्दामाझ पनि सुरक्षाप्रति विश्वास बढेको छ।

सप्तरीमा गाँजा बरामददेखि रौतहटमा चिनी, मल र सिमेन्ट बरामदसम्मका घटनाले सशस्त्र प्रहरी बल मधेस प्रदेशको सतर्कता र कार्यक्षमताको परिचय दिएको छ। यो अभियानले प्रदेशलाई लागुऔषध तथा तस्करीमुक्त बनाउन डिआईजी ढकालको संकल्पलाई अझ दृढ बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार