गोविन्दप्रसाद भण्डारी गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त

Nagarik Sewa 4387+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। 

साथै बैठकले इसीमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम २ लाख ८३ हजार ५०३ बुझाउन अनुमति दिने निर्णय पनि गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/८७ सम्मका स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी २०२५ मार्चमा भूकम्पबाट क्षतिग्रस्त बनेको म्यानमारको माहामुनी बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माण गर्न अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।  

बैठकले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ । त्यसबाहेक मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतबार ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्नवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार