मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस-एमालेलाई चर्को पर्नेछ : प्रचण्ड
रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस-एमालेलाई चर्को पर्नेछ : प्रचण्ड

Nagarik Sewa 4868+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

२५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले र कानले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए ।

रवि लामिछाने भर्खर एउटा आन्दोलनको रुपमा देखा परेको, नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो ।

म प्रधानमन्त्री बन्नुअघि रविलाई प्रस्ताव राख्दा म होइन अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेको हो,’ प्रचण्डले भने, ‘एमालेले आफ्नो पकेटको मान्छे बनाउन कम मिहेनत गरेको होइन ।

चितवनवासी जनतालाई साँचो कुरा भन्नुपर्छ भनेर मैले यो भन्दैछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार