चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः बालेन शाह

Nagarik Sewa 4387+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

काठमाडौं। बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभएको छ । विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै यसबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागीता बढाउनुपर्ने उहाँको भनाइ थियो ।

‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो । हामी सृजनशील भयौं भने नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ,’ मेयर शाहले भने, ‘पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने प्रयास गर्दै जान्छ ।’

मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको समेत बताउनुभयो ।‘ काठमाडौं महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पीएल) सिंहज्यू एकदमै भिजनरी हुनुहुन्थ्यो । उहाँको भिजनमा काठमाडौंले विकासको बाटो देखेको थियो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ,’ मेयर शाहले भने, ‘उहाँको बारेमा स्कुलका नानीबाबुहरूलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाँही आज पहिलोपटक कार्यक्रम गरिएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार