काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
राणाको ७८ वर्षको उमेरमा शनिबारराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए । उनी २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए