निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने

Nagarik Sewa 4387+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न अध्यादेश जारी गरेपछि अब मतदाता नामावली संकलनको बाटो खुलेको छ। 

निर्वाचन आयोगले त्यस सम्बन्धी आवश्यक निर्णय गरी मतदाता नामावली संकलनको मिति तोक्नेछ। यसपछि नाम छुटेका व्यक्तिहरूले आफ्नो नाम दर्ता गराउन सक्ने जानकारी दिएका छन्। 

यो अध्यादेश जेन–जी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते ताजा जनादेशका लागि निर्वाचन गर्ने निर्णयसँग सम्बन्धित रहेको छ। अहिले निर्वाचन मिति घोषणा भइसकेको भए पनि राजनीतिक परिवर्तनमा सक्रिय थुप्रै युवाहरूको नाम मतदाता सूचीमा दर्ता नभएको अवस्थामा, उनीहरूको नाम दर्ता गर्न कानुनी मार्ग खोल्न यो अध्यादेश ल्याइएको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै