मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

पूर्वराजा जनताले मिल्काइसकेका पात्र हुन् चर्चा गर्नुको औचित्य छैन: गगन थापा

Nagarik Sewa 4868+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०-०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गर्नुभएको हो । उहाँले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताउनुभयो ।

महामन्त्री थापाले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने रु आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताउनुभयो । उहाँले अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै नभइ अन्य ठाउँमा पनि दुई/चार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताउनुभयो ।

महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताउनुभयो । आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार