मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

९.९९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं। सेयरबजार परिसूचक नेप्से सोमबार ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा रोकिएको छ। आज ८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ करोड ६७ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको छ। यसमध्ये ६३ वटा सेयरको मूल्य बढ्दा १७८ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बढेका सेयरमध्ये विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ५४४.५०, १६६.५०, ९३.७०, १०२.६० र १०२ रुपैयाँ आम्दानी गरेका छन्। 

तर आज जानकी फाइनान्सका लगानीकर्ताले भने १०१.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो। यसबाहेक नेपाल फाइनान्स, उपकार लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसनलगायतको सेयर भने घटेको छ। 

सर्वाधिक कारोबारमा भने आज एक्सेल डेभलपमेन्ट बैंक छ। कम्पनीको ३४ करोडको कारोबार भएको हो। यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, नेपाल फाइनान्सको २८ करोड, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड र ङादी ग्रुप पावरको २४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।  आज विकास बैंक र व्यापारको सूचक क्रमशः ४.५२ र ९.०७ प्रतिशतले बढे पनि अन्य सूचकहरु राताम्य रहे। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै