काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार (मंसिर २६)दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।
त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ। गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।