मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै समाजवादी प्रेस संगठनको मौन प्रदर्शन

Nagarik Sewa 4875+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका स्व पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानविन माग गर्दै समाजवादी प्रेस संगठन नेपालले विहीबार राजधानीमा मौन प्रर्दशन गरेको छ ।काठमाडौको रत्नपार्कस्थित शान्तिबाटिकामा प्लेकार्डसहित मौन प्रदर्शन कार्यक्रममा स्व. रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानविन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गरिएको थियो ।

सभामा आगो लगाएको व्यावसायिक घर भित्रबाट रिर्पोटिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको त्यही घरमा जलेर भएको मृत्युको घटना रहस्यमय भएकोले सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोगको माग गरिएको थियो ।

सो सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टले उक्त घटनामा आयोजक संस्थाका नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्न सुझाव दिए । त्यसैगरी रजकका दाजु दिनेश रजकले सुरेशको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा उनको शव फेला पर्नुले पनि यो घटना रहश्यमय भएको बताए । उनले अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशको हत्या गरेको र उनको क्यामेरा, मोबाइल र पर्स लुटिएको पनि बताए ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले यति ठूलो घटना घट्दा र जनधनको ठूलो क्षति हुँदा पनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको बताउँदै सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे सुरेश रजकको हत्याको छानबिन पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने बताए । समाजवादी प्रेस संगठनले रजकको हत्याको उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने र उनलाई सहिद घोषणा गर्नुपर्ने, स्व। पत्रकार रजकलाई न्याय दिलाउन संगठन निरन्तर लागिरहने प्रतिबद्धता पनि जनाएको छ ।

रजक हत्याको निष्पक्ष छानबिन समिति गठन गरेर न्यायको प्रत्याभूति राज्यले नदिलाएसम्म समाजवादी प्रेस संगठन नेपालले निरन्तर खबरदारी गरिरहने र यो विषयलाई राज्यले गम्भीर रुपमा नलिए थप आन्दोलनको कार्यक्रम गर्न हाम्रो संगठन बाध्य हुने चेतावनी संगठनले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको कार्यक्रममा भएको तेडफोड र आगजनीको समाचार संकलनका क्रममा आगोमा जलेर पत्रकार रजकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार