मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी

Nagarik Sewa 4868+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । आउँदो बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु हुँदै छ ।

मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । यो अवधिमा राजनीतिक दल, उमेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उमेदवारको दबाबबाट मुक्त भई मतदाताले स्वतन्त्रतापूर्वक आफ्नो विवेकको निर्णय गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने बताए ।

"मतदान सुरु हुनुभन्दा ४८ घण्टाअगाडिलाई हाम्रो मुलुकको कानुनले मौन अवधि तोकेको छ । त्यो समयमाचाहिँ शान्त, स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि मतदानको प्रक्रिया सुरु हुनुभन्दा अगाडि शान्ति छाओस् । त्यो शान्तिले मतदान प्रक्रियामा सहज बनाओस्, भनेर शान्तिको कामना गरिएको हुन्छ," उनले भने ।

मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उमेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रूपमा नै मतदानअघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उनले बताए ।

प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धीत दललाई निर्देश गरेको छ ।

यो अवधिमा राजनीतिक दल तथा उमेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

कार्यवहाक प्रमुख आयुक्त भण्डारीले प्रचार प्रशार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारबाही हुने चेतावनी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार