मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

उपत्यकाको वायु प्रदूषण बढ्दो क्रममा

Nagarik Sewa 4866+ समाचार ( )
३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुरलगायत स्थानमा शुक्रबार बिहान ११ः४५ बजे वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५२ देखि १६१ सम्म छ । उपत्यकामा शुक्रबार वायु प्रदूषण बिहीबारभन्दा बढेको छ । 

वातावरण विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा यी स्थानको औसत एक्यूआई १५९ पुगेको थियो । काठमाडौंको वायुमा शुक्रबार दिनभर (पर्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा बढ्दै जाने र साँझ ७ बजे १२०.४३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने विभागले बताएको छ ।

शुक्रबार ११ः४५ बजे पीएम २.५ सबैभन्दा बढी ललितपुुरको खुमलटारमा ६४.६ छ । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम  प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ । पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पाकिस्तान र भारतको वायु प्रदूषणको प्रभाव र स्थानीय चिसोका कारण नोभेम्बर पहिलो सातायता काठमाडौंसहित तराईका अधिकांश जिल्लामा वायु प्रदूषण बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार