काँग्रेस बैठकमा नियमित महाधिवेशनमा जानुपर्ने गगनको प्रस्ताव

Nagarik Sewa 4387+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए ।

आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् । बैठकबाट निस्कने क्रममा डा.शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी गराएका हुन् ।

आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार