मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

बाह्रविसे नगरपालिकाको ९ नम्बर वडामा बालसञ्जाल र महिला सञ्जाल गठन

Nagarik Sewa 4874+ समाचार ( )
११ पौष २०८१, बिहीबार

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बालसञ्जाल र महिला सञ्जालको गठन गरिएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा सरस्वती माध्यमिक विद्यालय राम्चेमा सो कार्यक्रमको समापन गरिएको हो । 

कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर मञ्जु तामाङ्गले बालबालिका र महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 

कार्यक्रममा उपस्थित अन्य विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । साथै बालमैत्री शासन लागू गराउन सबै स्थानीय तह प्रतिबद्ध हुनुपर्नेमा आयोजकको जोड छ । 

त्यस्तै, कार्यक्रममा बालसञ्जाल र महिला सञ्जाल पनि गठन गरिएको छ । बालसञ्जालको अध्यक्षमा, खुस्बु तामाङ, उपाध्यक्षमा दिक्षा कमर, सचिवमा श्रेया नेपाली, सहसचिवमा निरज खड्का र कोषाध्यक्षमा निरज भण्डारी रहेका छन् । 

त्यस्तै, बालसञ्जालकै सदस्यतर्फ अजित विक, पूजा कार्की, विकास तामाङ, निश्चल भण्डारी, यूनिशा तामाङ, सन्ध्या तामाङ, रञ्जिता तामाङ, उर्मिला तामाङ, रोशनी खत्री र आयुश तामाङ रहेका छन् । 

महिला सञ्जाल तर्फ भने अध्यक्षमान मंगली तामाङ, उपाध्यक्षमा सामु थापा, सचिवमा धनमाया तामाङ र कोषाध्यक्षमा लंकमाया तामाङ रहेका छन् । त्यस्तै सदस्यतर्फ भने आइती तामाङ, देबिना देउजा, शान्ति पौडेल, पदममाया खड्का, स्वस्थानी भण्डारी, युवा कुमारी सुवेदी, चरी नेपाली, रुपा थामी, मैना राय, रेनुका खतिवडा र सरिता सापकोटा रहेका छन् । 

कार्यक्रममा नगरपालिकाका उपमेयर मञ्जु तामाङ्ग, नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागिता रहेको थियो । 

नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार