मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कांग्रेसका २४३९ जनाले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर

Nagarik Sewa 4868+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म २ हजार ४ सय ३९ जनाले हस्ताक्षर गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो। संकलित हस्ताक्षर मंगलबार पार्टीलाई पेश गर्ने तयारी गरिएको छ।

१४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशत बढीले हस्ताक्षर गरिसकेको दाबी गरे। ‘हिजो साँझ ७ बजेसम्म २४ सय ३९ जनाले हस्ताक्षर गरिसक्नु भएको छ,’ आचार्यले भने, ‘विदेशस्थित जनसम्पर्क समिति र जिल्लाहरूबाट हस्ताक्षर थपिएको छ। सूचीकृत गरिहेका छौं। ५५ प्रतिशत बढीले हस्ताक्षर गर्ने देखिन्छ।’

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ। केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराए। कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार