मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

नेतृत्वको बदख्वाइँ गर्नेलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड

Nagarik Sewa 4868+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादका कुरा शब्दमा मात्र गरेर नहुने बताएका छन् ।  सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा कसरी अघि बढ्दा पार्टी र आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन सकिन्छ भनेर बुझ्नुपर्ने बताए । 

‘त्यसो हुनाले वैज्ञानिक समाजवादका कुरा वास्तवमा यो शब्दले मात्र पनि हुँदैन’, नेपालले भने– ‘यो शब्दका धेरै बखानहरू सुन्यौ ।’ उनले सर्वहारा वर्गीय चरित्र महत्त्वपूर्ण हुने भन्दै आफ्नो पार्टीको पहिलो राजनीतिक प्रस्तावमा प्रस्तावित विषयको अध्ययन गर्नुपर्ने बताए ।  नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा एकीकृत समाज पार्टीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यो पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने बताए । 

‘कमजोर, निमुखा र निरीहलाई कसैले टेर पुच्छर लाउँदैन । विचारको समस्या छैन’, अध्यक्ष नेपालले भने, ‘पार्टी निर्माण गर्ने आँट नगरेको भए, त्यही पार्टीमा पनि विद्रोही चेत भएका मानिस देखिने थिएनन् ।’ अध्यक्ष नेपालले निराश हुनुपर्ने अवस्था नरहेको पार्टीमा अनुशासनहीन काम गर्नेलाई छुट नदिने बताए ।  ‘जे गर्नुछ भित्र राख्ने हो । अनुशासनहिनतालाई छुट दिन सकिँदैन । ज–जसले अनुशासनहीन काम गर्छ भने छुट दिन सकिँदैन’, अध्यक्ष नेपालले भने– ‘पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन ।’

उनले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन दिँदै कसैका लेखाइमा पार्टीमाथि आँच पुर्‍याउने काम हुन्छ र पार्टी नेतृत्वलाई बदख्वाइँ गर्ने काम भए कुनै हालतमा नछाड्ने बताए । ‘त्यस्तालाई छुट दिन सकिँदैन । पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन’,

नेपालले प्रचार विभाग,अनुशासन आयोग, सङ्गठन विभाग र सबै नेता कार्यकर्तालाई ध्यान दिन आग्रह गरे ।  उनले नेपालका सबै पार्टीहरू सङ्कटग्रस्त रहेको भन्दै आफ्नो पार्टीलाई कतिपयले सानो सानो भन्ने गरेको भन्दै के ३२ सालमा कोअर्डिनेसन सानो भन्दै हिँडिएको थियो भनेर प्रश्न गरे । ‘नकारात्मक र हिनभावबाट ग्रसित नहुनुस् । त्यस्ताले पार लाउँदैनन्, पलायन भएर जाँदा रहेछन्’, उनले कुनै विषय भए पार्टीभित्र बसेर छलफल गर्न सकिने पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार