बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने

Nagarik Sewa 4883+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक चौधरी २०८० माघ १८ गते पक्राउ गरी अनुसन्धान गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतले चौधरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सीआईबीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग पनि कागजी बयान गराएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार