मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

काठमाडौं पठाउन लागिएको पार्सलबाट लागुऔषध बरामद

Nagarik Sewa 4874+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

 विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको एउटा पार्सलबाट प्रहरीले १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ । उनी पार्सल विमानस्थल पुर्‍याउन पुगेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी जारी छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै