स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलको दिर्नेशन

Nagarik Sewa 4387+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौं। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आशंकामा १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई दिर्नेशन दिएको छ । अनुसन्धान प्रतिवेदनमा स्थायी वतन र तिनपुस्ते यकिन विवरण नखुलेका याम कुमार नाल्बो, सुरज श्रेष्ठ, पुनम कुमारी चालिसे, मिरा बम्जन र संजिव गिरी समेतलाई थप अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो । 

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले भन्नुभयो, ‘ठुलो मात्रामा कर्जा लिएर नतिर्नेहरु र वतन नखुलेकाहरुमाथी थप अनुसन्धान गर्न भनेका छौँ ।’

अपचलनमा संलग्न प्रचण्डमान प्रधानमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ । ठुलो मात्रामा कर्जा रकम लिएर नतिर्ने शम्भु गुरागाईं, ओम प्रकाश गुरुङ, लक्ष्मी प्रसाद पौडेल, उमेश गुरुङ, दिपेश कुमार पुन, भिम बहादुर तामाङ र पुष्पा राईबारे पनि थप अनुसन्धान गर्न भनिएको छ ।

तीनपुस्ते विवरण नखुलेकाहरुलाई प्रतिवादी बनाएर मुद्दा लैजाँदा पक्राउ परेको अवस्थामा तत्काल अदालत पेस गर्नुपर्ने बाध्यता रहेको जिल्ला न्यायाधिवक्ता कटुवालले बताए । उनले भने, ‘ठेगाना खुली आएका बखत पक्राउ गरेर उनीहरूलाई थुनामा राखेर विस्तृत अनुसन्धान गर्न सकिन्छ ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार