काठमाडौं। सुनको मूल्य आज १ सय रुपैयाँले बढेको छ । लगातार आरोलो लागेको सुनको मूल्य आज झिनो अन्तरमा बढेको हो । छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज १ हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।