१.८६ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
३० माघ २०८१, बुधवार

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधवार नेप्से परिसूचक १.८६ अङ्कले बढेर २६८५.७३ को विन्दुमा पुगेको छ । 

बुधबार ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार