काठमाडौं। नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।
‘पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’
बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ। महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।