मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

४.१८ अंकले घट्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
३० चैत्र २०८२, सोमबार

काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

शुक्रबार आठ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३४२ वटा धितोपत्रको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच भएको हो। सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।

यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो, होटल फरेस्ट इन र पाल्पा सिमेन्टको मूल्य १० प्रतिशत, रिज लाइफ इनर्जी र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। सर्वाधिक मूल्य घट्नेमा युनिक नेपाल लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ३.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५५२ रूपैयाँमा झरेको छ।

यसैगरी, अभियान लघुवित्तको मूल्य २.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १६३ रूपैयाँ १० पैसामा सीमित भएको छ। सोमबार नेसनल हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३३१ रूपैयाँ २० पैसामा ९३ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.६७ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३७९ रूपैयाँ ५० पैसामा ४९ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ। यसमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार