मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

स्नातक उपाधि हासिल गरेपनि विद्यार्थीले देशभित्र अवसर नपाएको शिक्षामन्त्री भट्टराईको भनाई

Nagarik Sewa 4868+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको बताएकी छन्।

शनिबार त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले शैक्षिक कार्यक्रमहरु बजारको आवश्यकताहरूसँग मेल नखाँदा निश्चित शैक्षिक उपाधि हासिल गरेकाहरुले पनि देशभित्र अवसर नपाएको बताएकी हुन्।

'विश्वविद्यालयका स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीसँग व्यवहारिक ज्ञान र रोजगारीका अवसरहरुको अभाव छ । उपाधि हासिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन्,' उनले भनिन्।

त्यसकारण विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति बढेको र यो राष्ट्रिय चासोको विषय बनेको मन्त्री भट्टराईले बताइन्।

'यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रमहरु वृहत रुपमा भएपनि उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्नसकेका छैनन् ,' उनले भनिन्, 'भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेका छन्।’

मन्त्री भट्टराईले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु रहेको पनि बताइन्।'जसलाई हामीले सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्दछ,' उनले भनिन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै