युक्रेनद्वारा रुसका कयौं स्थानमा आक्रमण

Nagarik Sewa 4387+ समाचार ( )
२ माघ २०८१, बुधवार

किभ। युक्रेनले रुसका कयौं स्थानमा आक्रमण गरेको छ । सन् २०२२ को शुरुमा दुई देशबीच युद्ध शुरु भएयताको यो सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनको छ । धेरै क्षेत्रहरूमा गोलाबारुदका डिपो र रासायनिक प्लान्टहरूलाई लक्षित गरिएको  युक्रेनी सशस्त्र बलले बताएको थियो । यीमध्ये केही सीमाबाट सयौँ किलोमिटर टाढा थिए । 

युक्रेनको गुप्तचर निकायले बीबीसीलाई बताएअनुसार यो आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार थियो । तर युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म श्याडो क्रुज मिसाइललाई खसालेको दाबी रुसको छ । 

यो आक्रमणको जवाफ दिने रुसले बताएको छ । युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएका छन् ।एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार