मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

३९.४४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

काठमाडौं। मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने ५ करोडले बढेको छ। मंगलबार ३३८ स्टकको ६२ हजार ५१२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

सकारात्मक सर्किट लागेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १९५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने मंगलबार सर्वाधिक १२।४० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेशनल हाइड्रोपावरको १८ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड र रिडी पावर कम्पनीको कारोबार रकम १७ करोड बढीको कारोबार भयो।  

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार