ग्वार्को ओभरपासबाट नियमित चल्न थाले गाडी

Nagarik Sewa 4387+ समाचार ( )
७ आश्विन २०८२, शनिबार

 काठमाडौं । ललितपुरको ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएको ओभरपासबाट गाडि गुड्न थालेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उक्त ओभरपास उद्घाटन गरिएको थियो ।

ओभरपासमा शनिबार बिहानैबाट गाडी सञ्चालन हुन थालेका छन् । १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको हो ।

२०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै