तुईन खोलाको पहिरो हटाउने कार्य विहानदेखि शुरु

Nagarik Sewa 4387+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं। मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोलाको पुल नजिकै पहिरो हटाउने कार्य विहानदेखि शुरु भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराति ठुलो बर्षा भएपछि रोकिएको पहिरो पन्छाउने काम विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको छ। सडक डिभिजनले आज साँझसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ । 

हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनले जनाएको छ । लिमिट स्पेसको कारणले धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न नसकिएको जानकारी दिएको छ ।

सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार