पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट बालकको आँखामा गम्भीर चोट

Nagarik Sewa 4387+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं। पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट बालकको आँखामा गम्भीर चोट लागेको छ । गत मंसिर १८ गते प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले पिट्दा आँखामा चोट लागेको हो ।

उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएको बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले बताए । ‘बालबालिका खेलेको निहुँमा आँखामा चोट लाग्ने गरेर कुटपिट गर्नुभएछ । हामीले न्याय कसरी पाउने उनले भने, ‘एउटा आँखामा गम्भीर चोट लागेको छ। अर्को आँखाले पनि राम्ररी हेर्न मिलेको छैन । दोषीलाई कारवाही हुनुपर्‍यो । उपचार गरिदिनुपर्‍यो ।ु

विद्यालयमा दुई जना साथीहरु झगडा गरेको र छुट्टाउने क्रममा प्लास्टिकको लठ्ठीले हान्दा आँखा फुटेको उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार