तोलामा १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

बुधबार तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार