मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट सुरु

Nagarik Sewa 4866+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गर्नेछन् ।

  चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो । ओली नआउने भएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने प्रेस चौतारी सचिव विक्रम लुइटेलले जानकारी दिए । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् ।

चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि राईलाई अध्यक्ष बनाउने तयारीसहित पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चाैतारीकाे अध्यक्ष उठ्ने भएकाले दाेहाेराे जिम्मेवारीमा नरहने भन्दै चैत ८ गते राजीनामा दिएका थिए ।

केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार