सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने

Nagarik Sewa 4387+ समाचार ( )
१० आश्विन २०८२, मङ्गलबार

काठमाडौं। इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको नेपाल एयरलाइन्सको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ । विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो । 

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो। सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए ।

उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । रातिदेखि उडान नभएपछि यात्रुहरु भने अहिले पनि विमानस्थलमै अलमलमा परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै