मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nagarik Sewa 4881+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन उपकुलपति भण्डारीसहित कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थीसहित १९ जनाको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित विशेष अदालदतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार (माघ १५) विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले रेडियोलोजी विभागका प्रमुख डा. बोम बि.सी., बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चरर डा.श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आईटी अफिसर हिरालाल भण्डारी र लेखा अधिकृत राजीब बस्नेत संलग्न रहेको दाबी अख्तियारको छ ।

यस्तै, प्रतिष्ठानका फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिश बहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि. का प्रमुख अमर श्रेष्ठ तथा सन्जु राजकर्णिकारसमेतको भ्रष्टचारमा आपसी मिलोमतो रहेको दाबी अभियोगपत्रमा छ ।

पदीय दुरूपयोग गरी गैरकानुनी लाभका लागि भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ । अख्तियारको अनुसन्धानबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ‘१२८ स्लाइस सिटी स्क्यान मेशिन’ खरिद गर्न सार्वजनिक खरिद नियमावली, २०६४ अनुरुप खरिद गुरूयोजना नबनाएको, खरिद गर्ने प्रयोजनको लागि प्राविधिक स्पेसिफिकेसन तयार नगरिएको तथा लागत अनुमान तयारसमेत नभएको आरोप अख्तियारले लगाएको छ ।

राज्य कोषबाट अमेरिकी डलरमा भुक्तानी दिने गरी सम्झौता गरिएका कारण कुल सात करोड ३१ लाख ८२ हजार, ९८५ रुपैयाँ ९९ पैसा हानीनोक्सानी भएको अभियोगपत्रमा जनाइएको छ ।सबै प्रतिवादीलाई भ्रष्टाचारबापत विगोको अनुपातमा जरिवाना, विगो असुली र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जेल सजायको माग छ । ‘१२८ स्लाइस सिटी स्क्यान मेशिन’ खरिदमा घोटाला भएको भन्दै परेको उजुरीमा अनुसन्धान हुँदा भ्रष्टाचार पुष्टी भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार