तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

काठमाडौं। बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । 

यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो । सुनको यो मूल्य नै उच्चतम हो ।

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदीको मूल्यले २३६० रुपैयाँको उच्चतम रेकर्ड राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार