मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

देवरले गरे भाउजूको हत्या

Nagarik Sewa 4868+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

विराटनगर। मोरङको रतुवामाईमा दाजु–भाइबीचको अंश विवाद बढ्दै जाँदा देवरले भाउजूको हत्या गरेका छन्। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या ६९ वर्षीय टंकबहादुर बस्नेतले गरेका हुन् । ‘टीकामाया बोल्न सक्दिन थिइन्। बोली नआउने र इसाराले मात्रै कुरा गर्न सक्ने उनको हत्या भएको छ,’ चुँडालले भनिन्। 

आफ्नै बारीमा घाँस काट्न गएका बेला हत्या गरेर फालेको अवस्थामा यही असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो। मृतकको टाउको पछाडि घुच्चुकमा चोट देखियो। विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरिएको थियो। चिकित्सकले टीकामायाको मृत्यु चोटका कारण भएको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान सुरु गर्‍यो। 

अनुसन्धानका क्रममा मृतकका पति गणेश र उनका भाइ टंकबीच लामो समयदेअि अंश विवाद रहेको पत्ता लाग्यो। प्रहरीका अनुसार पुर्खौली सम्पत्ति भाइले एकलौटी बनाउन खोजेपछि गणेश अदालतको शरणमा पुगेका थिए। गणेशले पनि अंश पाउने फैसला अदालतले गरेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गणेश र टंकका आमा अलग–अलग हुन्। गणेश जेठी र टंक कान्छी आमाका छोरा रहेको प्रहरीले जनाएको छ। 

यसअघि पनि उनले भाउजूलाई पटक–पटक गाली गलौज र कुटपिट गर्न खोज्ने गरेको प्रहरीको भनाइछ। ‘हँसियाको बिँडले घुच्चुकको दायाँ भागमा प्रहार गरेर टंकले भाउजूको हत्या गरेको पत्ता लाग्यो। घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइसकिएको छ,’ चुँडालले भनिन्। 

प्रहरीले घटना भएको २ दिनपछि टंकलाई सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो। भाउजूको हत्यामा प्रयोग गरिएको हँसिया टंककै घरबाट बरामद भएको प्रहरीको भनाइ छ। टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ। इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी डीएसपी चुँडालले दिइन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार